शुक्रबार, जेठ ३, २०८२

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

नेपालखोज २०७८ मंसिर १० गते १४:५१

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको छ ।

नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि शुभकामनाको क्रम सुरु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गरिसकेका छन् । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी थिए ।

केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गरे ।

उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट  र्‍यालीसहितको जनसहभागिता बढिरहेको छ ।

प्रतिक्रिया