‘दुई कामका लागि जनताले ओलीलाई सम्झिरहन्छन्’

नेपालखोज २०७८ मंसिर १० गते १५:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् । शुक्रवार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताए ।

उनले मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणिय काम भएको बताए । अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणिय गुण लगाएको पनि बताए ।

पार्टीभित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उनले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताए ।

अध्यक्ष थापाले अहिले देश शंकटको भूमरिमा परेको बताए । उनले लोकतन्त्रको आवरणमा देश विस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताए । अध्यक्ष थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोप समेत लगाए ।

अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए । उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए ।

प्रतिक्रिया