एमाले महाधिवेशनमा देखिएको रौनक (फोटो फिचर)

काठमाडौं । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेतारकार्यकर्ता सहभागी भएका छन् ।
नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटन अघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्याली निस्किएको थियो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले उद्घाटन समारोहलाई सम्बोधन गरेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशन १२ गतेसम्म चल्नेछ ।




















तस्बिर : नेपालखोज
प्रतिक्रिया