शुक्रबार, वैशाख ७, २०८१

प्रत्येक विद्यालयमा अनमी वा स्टाफ नर्स !

नेपालखोज २०७८ मंसिर ११ गते ९:५५

राजविराज । प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । प्रदेश २ का प्रमुख हिरशंकर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन् ।

अघिल्लो वर्ष चैत १७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २०७८ असोज २६ गते पारित भएको थियो । प्रमाणिकरण भएको ऐनमा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा जनस्वास्थ्यका विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन प्रदेश स्वास्थ्य समिति गठन गर्ने व्यवस्था छ ।

ऐनमा प्रत्येक सामुदायिक विद्यालयका किशोर किशोरीलाई प्रजनन् स्वास्थ्यसहित अन्य स्वास्थ्यसम्बन्धी सेवा, शिक्षा दिन नर्सको व्यवस्था गरिने उल्लेख छ । यस्तै निजी विद्यालयको हकमा स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालयमा अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

एक वर्षभित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखे त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने व्यहोरा पनि उल्लेख छ ।

प्रतिक्रिया