चौबीस घण्टामा २१३ जनामा संक्रमण पुष्टि, थप ३२५ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर ११ गते १६:२५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा गरि कुल २१३ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ७ हजार १५६ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५२१ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २ हजार ४७ पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर १ लाख १५ हजार ४३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया