नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिकरुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताईन् ।

उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पाउनासाथ प्रतिगमनकारी तत्व फेरी उठ्न सक्ने भन्दै प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत बनाउनु पर्ने भन्दै माओवादी केन्द्रको एजेण्डा र पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा जोड दिईन् ।
मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मरणाशन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधि सभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथबाट संविधान र परिवर्तनलाई जोगाउन सकिएको भएपनि चुनौति अझै रहेकाले सबै सचेत बन्नुपर्नेमा जोड दिईन ।

संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले गठबन्धन निर्वाचनसम्म नै जाने पनि मन्त्री श्रेष्ठले बताईन् ।
मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्रले मात्रै सक्ने पनि बताईन् । मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न आफूले मन्त्रालय संहालेपछि काम सुरु गरिसकेको र फेरी(फेरी पनि भूमि सम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्ने गरी कार्ययोजना बनाएर काम सुरु भइसकेको बताईन् ।

प्रतिक्रिया