सुनकाे मूल्य सामान्य बढ्याे
नेपालखोज
२०७८ मंसिर १२ गते ११:४९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन २ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया