‘मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आयो’

नेपालखोज २०७८ मंसिर १२ गते १९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताएका छन् । आइतबार संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह अत्याधिक, आयात र निर्यात समेत अत्याधिक रुपमा बढेकाले बजारमा तरलताको अभाव भएको बताए ।

उनले अहिले तरलताको कहाँबाट सुरु भयो भन्ने मुख्य विषय बनेकाले बताए । अहिले बैंक तथा वित्तिय संस्थाहरुले आफूसँग भएको साधन स्रोत भन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलताको असर सिर्जना भएको प्रवक्ता ढकालेले उलल्लेख गरे । उनले पछिल्लो चार महिनाको तथ्याङक हेर्दा निर्यात र आयात दुबै उल्लेखनीय रुपमा बढ्दा हामीसँग भएको रकम सबै आयातको भुक्तानी गरिरहेको बताए ।

ढकालले तरलतालाई सहज बनाउनको लागि बजारमा आवश्यक गर्ने रकम राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुलहरुमार्फत तरलता सहजिकरण गरिहेको छ । यो चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरेको बताए । उनले अब सधैभरी यसरी राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने अवस्था नआउने बताए ।

त्यस्तै, ढकालले अब कर्जा प्रवाह गर्दा बैंक तथा वित्तिय क्षेत्रले पनि संयम्ता अपनाउनु पर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक बृद्धि गर्ने क्षेत्रमा मात्रै गर्नु पर्ने बताए । बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुने बताए । उनले यस्तो गर्दा समग्र बैंकिङ क्षेत्र केन्द्रिय बैक दुबै मिले मात्रै तरलता अभावलाई सहजता पार्न सक्ने बताए ।

त्यस्तै, प्रवक्ता ढकालले मौद्रिक नीतिको समिक्षाले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थामा केही लचकता अपनाएको बताए । प्रवक्ता ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको बताए । बैंक तथा वित्तीय संस्था जसको ९० प्रतिशतमाथि वा तल छ उनीहरुले २०७९ असार मसान्तसम्म ९० प्रतिशतभित्र ल्याउने गरी कार्ययोजना बनाउन भनिएको बताए ।

प्रतिक्रिया