प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । नेपालको पूर्वी भू-भागमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाउकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती देशभर आंशिक बदली रहने विभागले उल्लेख गरेकाे छ । गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।
प्रतिक्रिया