शुक्रबार, वैशाख १४, २०८१

पूर्वअर्थमन्त्री महतले भने, राष्ट्र बैंकको मौद्रिक नीति सकारात्मक छ

नेपालखोज २०७८ मंसिर १३ गते १४:१७

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको प्रस्ट पारेका छन् ।

डा. महतले भने, ‘कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्‍यो ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योग व्यवसाय चलायमान बनाउन राहत कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्न आवश्यकता रहेकामा डा. महतले जोड दिएका छन् । उनले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा-सुविधा प्रदान गर्न केही वर्षदेखि मौद्रिक नीतिको व्यवस्था गरेको प्रस्ट पारे । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केही सकारात्मक पक्ष भएकाले यसमार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नुपर्ने उनको निचोड छ ।

प्रतिक्रिया