बिहीबार, चैत १५, २०८०

बैंक तथा फाइनान्सको चुक्ता पुँजी ३ खर्ब ९१ अर्ब नाघ्यो, कुल शाखा संख्या ११ हजार पुग्याे

नेपालखोज २०७८ मंसिर १३ गते १४:४५


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा हाल २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरको समेत गरी १८ वटा विकास बैंक, ६९ वटा लघुवित्त वित्तीय संस्था र एउटा पुर्वाधार विकास बैंकसमेत गरी कुल एक सय ३२ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।

सोमध्ये पुर्वाधार विकास बैंकबाहेक एक सय ३१ वटा बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्ता पुँजी चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिसम्ममा तीन खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा भने बैंक तथा फाइनान्सकम्पनीहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ९० अर्ब ४३ करोेड रुपैंयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने बढेर ११ हजार ३९ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र चार हजार आठ सय २२, विकास बैंकहरुको एक हजार ३६, फाइनान्स कम्पनीहरूको दुई सय ४३ र लघुवित्त वित्तीय संंस्थाहरुको चार हजार नौ सय ३८ रहेको छ । सोही आधारमा नेपालमा प्रति बैंक शाखा जनसंख्या २७ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा भने बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या १० हजार छ सय ८३ रहेको थियो । जसअनुसार उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या २८ सय ४४ रहेको थियो ।

प्रतिक्रिया