प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
नेपालखोज
२०७८ मंसिर १४ गते ६:५९

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । जबरालाई कोरोना संक्रमणका साथै नियोनियाँसमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबरा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका थिए । उनलाई निमोनियाँसँगै छातीमा संक्रमण देखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया