बिहीबार, वैशाख १३, २०८१

मेस्सीले सातौंपटक पाए प्रसिद्ध ‘ब्यालन डी ओर’

नेपालखोज २०७८ मंसिर १४ गते ११:०४

काठमाडौं । चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले २०२१ को प्रशिद्ध ‘बालोन डी ओर’ अवार्ड हात पारेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडीको रुपमा उक्त अवार्ड हात पारेका हुन् ।

फ्रेन्च फुटबल क्लबले गएराति एक समारोहमा मेस्सीलाई ‘बालोन डी ओर’ अवार्ड दिएको हो । अहिलेसम्म मेस्सीले कीर्तिमानी सातौँ पटक यो अवार्ड प्राप्त गरेका छन् । मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन विशेष भूमिका खेलेका थिए ।

प्रतिक्रिया