मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १ अर्ब १० करोड संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ मंसिर १४ गते १३:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब १० करोड ७८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषहरुमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर २९ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपकोरुपा राखिने कुल रकममध्येमा वाणिज्य बैंकहरुको लागि ८८ करोड ६४ लाख, विकास बैंकहरुको लागि १६ करोड ६१ लाख र फाइनान्स कम्पनीहरुको लागि पाँच करोड ५३ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर १७ गते अपरान्ह एक बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया