अध्यक्षमा ओलीको फराकिलो जित
नेपालखोज
२०७८ मंसिर १४ गते १६:२०

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ८४० मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२४ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा हुन बाँकी छ ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । योसँगै ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए ।
सम्बन्धित

प्रतिक्रिया