चौबीस घण्टामा थपिए २५५ संक्रमित, २५६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२९ जनाको पीसीआर परीक्षणमा २४५ र २ हजार १४० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा गरि कुल २५५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेका छन् ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५२६ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २५६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोनोरा संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २ हजार ९०९ पुगेका छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया