कांग्रेस केन्द्रीय कार्यालयमा भएको अनशन तोडियो

नेपालखोज २०७८ मंसिर १४ गते १८:३८

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् । मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो ।

नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ललगायतका नेता कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए ।

उपसभापति निधिले अनशनकारीहरुको पिर मर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनताको बिचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए ।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानविन नगरी वडा/पालिकाहरुको अधिवेशन गरिनु गम्भिर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरुको माग र आग्रहहरु प्रति आफ्नो एकयवद्धता रहेको बताए ।

प्रतिक्रिया