मंगलबार, वैशाख ११, २०८१

वैवाहिक जीवन मात्र होइन श्रीमान्‌को भाग्य नै चम्काउने युवती !

नेपालखोज २०७८ मंसिर १६ गते ७:४६

प्रेम जीवन होस वा विवाहित जीवन अहिले धेरैजसो सहरिया युवाको चाहना क्युट, केयरिङ तथा कमाउ युवती हुन थालेका छन् । यस हिसाबमा जीवनसाथी चुन्दा राशि मिलाएर गर्नेहरु पनि कम हुँदैनन् । त्यसो भए कुन राशिका युवतीहरू असल जिवनसाथी वा प्रेमिका सावित हुन्छिन त ? ज्योतिषशास्त्रअनुसार मकर राशिका युवतीहरू स्वाभिमानी, असल स्वभाव, इमानदार तथा साहसी हुन्छन् । यिनीहरूमा शनि ग्रहको प्रभाव रहन्छ । भनिन्छ विवाह पछि यिनीहरूले श्रीमानको भाग्य मात्र चम्काउँदैनन् मुस्किलभन्दा मुस्किल समयमा श्रीमानका साथ दरो रूपमा खडा पनि हुन्छन् । यही कारणले यो राशिका युवतीहरूको प्रेम जीवन सधैं उत्साहप्रद रहन्छ ।

मकर राशिका युवतीहरूले श्रीमानलाई निकै माया गर्नुका साथै उनीहररूलाई खुशी राख्न हमेसा केही न केही गरिरहेका हुन्छन् । मकर राशिका युवतीहरू धैर्यवान हुनुका साथै शान्त स्वभावका हुन्छन् । यद्यपि मनमा केही कुराले बिझायो भने उनीहरूलाई फकाउन पनि त्यतिकै गाह्रो हुन्छ ।

मकर राशिका युवतीहरू बुद्धिमान तथा आत्मनिर्भर हुन्छन् । यिनीहरू भाग्यभन्दा पनि कर्ममा विश्वास गर्छन् । यिनीहररू हातमा लिएको काम पुरा गर्न ज्यान छोडेर लागि पर्छन् । नक्कल-झक्कल पार्न सक्ने मकर राशिका युवतीहरू आफू अगाडिको मानिसलाई आफ्ना कुराले प्रभावित गर्नसक्ने क्षमता राख्छन् । पेसा व्यवसायमा सानदार प्रदर्शनका साथ मजबुत प्रभाव देखाउन सक्ने मकर राशिका युवतीहरूले उच्च पद समेत हासिल गर्न सक्छन् । यिनीहरू उत्कृष्ट हाकिम वा नेतृ हुनसक्ने गुणले भरिपूर्ण मानिन्छन् ।

प्रतिक्रिया