शनिबार, जेठ ४, २०८२

दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिँदै

नेपालखोज २०७८ मंसिर १६ गते ८:३७

काठमाडाैं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमबार यता मात्रै देशभर संक्रमितको संख्या दोब्बरले बढेको हो ।

स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन् ।यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन । विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ संक्रमितको संख्या दर्ता भएको छ ।

अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट पहिलोपटक पत्ता लागेको घोषणा भएयता थुप्रै पश्चिमा देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढङ्गबाट लगाइएको र त्यो प्रतिउत्पादक हुने बताएका थिए ।

उनले सबै देशहरूलाई यात्रा प्रतिबन्धको निर्णय उल्ट्याउन पुन: एकपटक आह्वान गरेका छन् । बीबीसी

प्रतिक्रिया