शनिबार, जेठ ४, २०८२

सोमालियामा एचआईभी संक्रमण घट्यो

नेपालखोज २०७८ मंसिर १६ गते १२:१६

मोगादिसु । पहिले पहिले एच आचआईभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको संक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको संक्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो ।

यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स सङ्क्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै नै कमी आएको पाएएको छ ।विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उनले बताए ।

यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक अधि सारिएको छ । सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको संक्रमणदर घट्दै गएको पनि देखिएको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया