प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा सुधार
नेपालखोज
२०७८ मंसिर १६ गते १४:३८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधार आइरहेको जनाएको छ ।
प्रधानन्यायाधीश जबरा कोभिड संक्रमण पुष्टि भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका थिए । बजरालाई कोभिड निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ । हाल प्रधानन्यायाधीश जबराको उपचार जारी छ ।

सम्बन्धित
प्रतिक्रिया