‘वामपन्थी र कम्युनिस्टबीच एकता हुन आवश्यक’

नेपालखोज २०७८ मंसिर १६ गते १५:०९

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न भएको पनि बताए । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचन पछि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरेका छन् ।

उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । साथै उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे ।

उनले आफूले पार्टीको चौथोदेखि १०औं महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए । नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि उनले सुनाए ।

उक्त अवसरमा क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित उपाध्यक्ष ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । ज्ञवालीले पनि आफूले उपाध्यक्षमा निर्वाचति भएर आएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेको भन्दै बधाई तथा शुभकामना दिएकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया