मुक्तिनाथ बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ ।
बैंकले वीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगंजसँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया