आज टंकप्रसाद आचार्यको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । आज पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको ११०औँ जन्मजयन्ती मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचर्यप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुप्रति विज्ञप्तिमार्फत श्रद्धाभव प्रकट गएिको छ ।
जहानियाँ राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले वि.स. १९९३ मा गठित नेपालको जेठो राजनीतिक दल प्रजा परिषदको संस्थापकका रुपमा आचर्यको ऐतिहासिक परिचय स्थापित छ । सन्तानब्बे सालमा प्रजापरिषदकै अगुवाई अन्तर्गत प्रजातन्त्र स्थापनाका लागि पर्चा छर्दा पक्राउ पर्ने धेरै युवाहरुमध्ये आचार्य पनि एक थिए ।
राजनीतिक दलहरु जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संगठित माध्यम बन्न सक्छन् भन्ने चेतनासहित बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रको यात्रामा आचार्यको स्मरणले हामी सधैं प्रेरित गरिरहनेछौं – विज्ञप्तिमा भनिएको छ । आचार्य प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनैतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया