शनिबार, जेठ ४, २०८२

सुन २ सय रुपैयाँले घट्याे, चाँदीकाे मूल्य स्थिर

नेपालखोज २०७८ मंसिर १७ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन २ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेकाे छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया