शनिबार, जेठ ४, २०८२

चौबीस घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि, ३४७ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर १७ गते १६:१६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा थप २२३ जना र १ हजार ४३६ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरि कुल २४६ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ६ हजार ९२१ रहेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३४७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत छ । त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् ।

त्यस्तै, चौबीस घण्टामा देशभर १ लाख ७५ हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया