बिहीबार, चैत १५, २०८०

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

नेपालखोज २०७८ मंसिर १८ गते १०:०९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (शनिबार) दुईवटा प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दीबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुँदै छ । संकटा अंकतालिकाको पाँचौंँ स्थानमा छ भने मनाङ दोस्रो स्थानमा छ ।

यसैगरी दोस्रो खेल च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच साँझ पौने पाँच बजे सुरु हुनेछ । च्यासल अंक तालिकाको आठौँ स्थानमा छ भने एनआरटी १२औँ स्थानमा छ ।

प्रतिक्रिया