कांग्रेस सुदूरपश्चिमको नयाँ नेतृत्वका लागि मतदान जारी
नेपालखोज
२०७८ मंसिर १८ गते ११:०२

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । मतदान आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस सुदूरपश्चिम समितिका लागि ५७ पदका लागि १ सय ८८ जनाले उम्मेद्वारी दिएका छन् ।
निर्वाचन समितिले उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने समय हिजो दिउँसो २ बजे देखि ४ बजेसम्म समय तोकेको भए पनि साँझ ६ बजेसम्म दर्ता गर्ने काम भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया