सरकारले सुकुम्बासी समस्या समाधानमा पहल गर्ने
नेपालखोज
२०७८ मंसिर १८ गते १३:२१

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्वासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् ।
तनहुँको शुक्लागण्डकी ३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले यस्तो वताएका हुन् । उनले वर्षौदेखि अव्यवस्थित बसोवासीका रुपमा रहेका नागरिकको सम्वोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको जनाए ।
मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया