शुक्रबार, वैशाख १४, २०८१

दुगड समूहको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान

नेपालखोज २०७८ मंसिर १८ गते १४:४१

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई आर्थिक वर्ष ०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण एवं अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उत्कृष्ट निर्यातकर्ताका रुपमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इन्डस्ट्रिजका संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता गुणस्तरीय तथा लोकप्रिय तेल उत्पादन गरी बिक्री-वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया