सेञ्चुरी बैंकको निःशुल्क दन्त शिविर कार्यक्रम
नेपालखोज
२०७८ चैत ७ गते २०:२६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले आज एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा १ सय ८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरे ।
कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया