४० राष्ट्र पुग्यो ओमिक्रोन, डब्ल्यूएचओ भन्छ- नआत्तिऔं सतर्क रहाैं
नेपालखोज
२०७८ मंसिर १९ गते ९:११

काठमाडाैं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।
एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रबार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् । प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ ।
भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन् । तर नेपालमा अहिलेसम्म यो भेरियन्ट आइपुगेको जानकारी छैन ।
कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । बीबीसी
सम्बन्धित
प्रतिक्रिया