राष्ट्र बैंकले बैकिङ प्रणालीमा ३ अर्ब ५ करोड संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ मंसिर १९ गते १६:३६

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा तीन अर्ब पाँच करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७८ पुस एक गतेदेखि २०७९ पुस एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि दुई अर्ब ४४ करोड, विकास बैंकहरुको लागि ४५ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २१ गते अपरान्ह ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ती स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया