राष्ट्र बैंकले भोलि ९ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै
नेपालखोज
२०७८ मंसिर १९ गते २१:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः नौ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो २ बजेसम्म पुरानो नविरकरण अन्र्तगत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने मंसिर २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुुन तीन २४ र २०७९ जेठ २४ गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही मंसिर १३ गते नौ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया