मंगलबार, वैशाख ११, २०८१

ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात

नेपालखोज २०७८ मंसिर २० गते ४:००

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै Apply गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।

बैंकले आईतबारदेखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसंगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् ।

VISA NETWORK मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अधावधिक गरिएको बैंक खातासँगै प्यान कार्ड हुनु पर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शूल्क वापत निश्चित रकम लिनेछ र पहिलो पटक डलर लोड गर्दा निःशूल्क हुने व्यवस्थासमेत गरेको छ ।

यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयहरुबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइटमार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैंकले डिजिटल बैंकिंग सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया