सिकार खेल्न जाँदा साथीमाथि गोली प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
नेपालखोज
२०७८ मंसिर २० गते ९:०१

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सिकार खेल्न जंगलमा गएको बेला गएराति गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । पक्राउ पर्ने गुरुङ मल्लका छिमेकी हुन् ।
-प्रतीकात्मक तस्बिर
सम्बन्धित
प्रतिक्रिया