पुटिनले २०२१ मा अमेरिका र भारतमात्रै भ्रमण गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । रसिया–भारत सम्मेलनको २१ औं वार्षिकोत्सवका अवसरमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
दुई नेताबीचको भेटलाई चासोका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग पुटिनको भेटघाट मात्रै भ्रमणको मुख्य एजेण्डा भएको बीबीसीले उल्लेख गरेको छ ।
सन् २०२१ मा अहिलेको भारत भ्रमण बाहेक पुटिन एकपटक मात्रै देश बाहिर गएका छन् । भारत भ्रमणअघि उनले अमेरिकी समकक्षी जो बाइडेनलाई जेनेभामा भेटेर पहिलो विदेश यात्रा गरेका थिए । अहिले पुटिनको दोस्रो भारत भ्रमण हो । यो वर्ष पुटिनले दुई देशको मात्रै भ्रमण गर्ने बुझिएको छ ।
भारत र रुसबीच लामो समयदेखिको सम्बन्ध हो, जसलाई मैत्रीपूर्ण सम्बन्ध मात्रै भन्न सकिन्छ । खासगरी दुई देशबीचको सम्बन्धलाई अन्य देशसँगको सम्बन्धसँग तुलना गर्दा यसलाई मैत्रीपूर्ण सम्बन्ध मात्रै भन्न सकिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया