गुण्डागर्दी गरी रकम असुल्न खोज्ने दुई जना पक्राउ
नेपालखोज
२०७८ मंसिर २० गते २२:०१

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेसनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति रु २५ हजारका दरले रु ९० लाख २५ हजार असुल्न खोज्ने काठमाडौं सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रविन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
निषेधाज्ञाका कारण म्यानपावर चल्न नसकेको अवस्थामा कमिसन र दसैँ खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया