आइतबार, जेठ ५, २०८२

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७८ मंसिर २१ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै मूल्य घटेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर प्रतिताेला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया