शनिबार, असार ७, २०८२

चाँदीझैं टलक्क टल्कियो धो गाउँ (फाेटाे फिचर)

नेपालखोज २०७८ मंसिर २१ गते १२:५४
उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका १ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।
उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका १ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् ।
उपल्लो डोल्पामा हिमपात भएपछि सेताम्य भएको डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो गाउँ र हिमालहरु ।
उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट डोल्पाको सदरमुकाम दुनै तर्फ चौँरी लिएर जाँदै गरेका सर्वसाधारणहरु । उपल्लो डोल्पामा ढुवानीका लागि चौंरीको प्रयोग गरिन्छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।
तनहुँको भानु नगरपालिका–१२ कोतगाउँबाट देखिएको गाउँ र हिमालको रमणीय दृश्य ।
तनहुँको भानु नगरपालिका १२, कोतगाउँबाट देखिएको गाउँ र हिमालको रमणीय दृश्य । तस्बिरहरु : रासस

प्रतिक्रिया