ओलीको घमण्डले मुलक पछाडि पर्यो : मन्त्री खतिवडा

नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताएका छन् । त्रिशुली अस्पतालको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि नुवाकोट पुगेका मन्त्री खतिवडाले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफू मात्रै भन्ने केपी ओलीको घमण्डले मुलक पछाडी परेको बताएका छन् ।

दुई तिहाईको बहुमतिय सरकारालाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउँदै उनकै घमण्डले आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको बताए । उनले पार्टी र सत्ता सञ्चालनमा पार्टीको बिचार र सिदान्तलाई हटाउदै व्यक्तिगत स्वार्थका योजनाहरुलाई समावेस गर्दाको उपज प्रतिपक्षमा पुगेको बताए ।

त्यस्तै, पत्रकार सम्मेलनमा उनले अब कोरोना संक्रमणकै कारण मुलुक लकडाउन नहुने बताए । विगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएको निषेधाज्ञाले संक्रमणले भन्दा धेरै भोकमरीको समस्या सिर्जना भएकाले अहिलेकै अवस्थामा लकडाउन नहुने बताए । संक्रमण नियन्त्रण तथा रोकथामका लागि थप योजनाहरु ल्याउने बताउदै उनले लकडाउन गर्नुको उद्देश्य नरहेको बताए ।
उनले सबै नेपाली नागरिकहरुलाई आवश्यक पर्ने खोप नेपालले स्टोर गरिसकेको बताए । पुष महिना भरिमा सबै नागरिकहरुले खोप लगाई सक्ने बताउदै उनले सबैको तहबाट खोप सुनिश्चितताको लागि अभियाननै सञ्चालन गर्ने बताए ।
प्रतिक्रिया