सहिद स्मारक ‘ए’ डिभिजन : तेस्रो चरणका अन्तिम दुई खेल हुँदै
नेपालखोज
२०७८ मंसिर २२ गते ९:४७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (बुधबार) दुई खेल हुँदैछन् । दुई समूहबीच तेस्रो चरणअन्तर्गत आज अन्तिम खेल हुने भएको आयोजकले जनाएको छ ।
आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो १ बजेदेखि दशरथ रंगशालामा प्रतिस्पर्धा हु्ँदै छ । हिमालयनले अघिल्लो दुई खेलमा हार बेहोर्दै १ अंक जोडेर १२औँ स्थानमा छ भने पुलिस ४ अंक जोड्दै सातौं स्थानमा छ ।
लिगको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबले साँझ पौने पाँच बजेदेखि प्रतिस्पर्धा गर्नेछन् । अंकतालिकामा जावलाखेल १३ औँ स्थानमा छ भने मछिन्द्र क्लब छैटौँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया