रकमै नभएको चेक दिएर तीन करोड बढी ठग्ने पक्राउ

काठमाडौं । रकम नै नभएको चेक जारी गरी ३ करोड ४ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार लमजुङको वेशीशहर नगरपालिका वडा नं ६ घर भई हाल काठमाडौको टोखा नगरपालिका वडा नम्वर ३ बस्ने ४१ बर्षिय संन्दिपकुमार गुरुङले बैंकमा रकम नभएको चेक दिई ठगी गरेका हुन् ।
उनले विभिन्न मानिसलाइै आफू व्रिटिस आर्मीवाट अवकाश प्राप्त व्यक्ति भन्दै परिचय दिने गरेका थिए । गुरुङले आफू काठमाडौंको महाराज चप्पल कारखानास्थित पुना एकेडेमी अफ हेयर एण्ड व्युटीको व्यवसायी भएको र नवलपरासीमा जग्गा प्लानिङ समेत गर्न आवश्यक परेको भन्ने विश्वासमा पारी विभिन्न व्यक्तिवाट रकम लिएका थिए ।
गुुरुङले खातामा रकमै नरहेको विभिन्न वैंकका तीन करोड चार लाख रुपैयाँको चेक जारी गरी ठगी गरेको भन्ने जाहेरी परेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । जाहेरीका आधारमा प्रहरीको विशेष टोलीले खोजतलास गर्दा काठमाडौंको टोखाबाट गुुरुङलाई नियन्त्रणमा लिएको छ ।
उनलाई उच्च अदालत पाटन, ललितपुरवाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक मैनालीले बताएका छन् । गुुरुङले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भएकोले महानगरीय प्रहरी परिसर काठमाडौले पिडितवाट उजुरीको अपेक्षा समेत गरेको प्रवक्ता मैनालीको भनाई छ ।
प्रतिक्रिया