पौडेल पक्षमा साझा उम्मेद्वार चयन गर्न शीर्ष नेतालाई दबाब

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाव दिएका छन् ।
बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रिय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोईरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले बताए ।
उनले आफू अन्तिम निस्कर्षको बाटोतर्फ उन्मुख भएको बताउँदै आज बेलुकासम्म निर्णय गर्ने बताए । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी समेत दिए ।

प्रतिक्रिया