भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना, चारजना मृत भेटिए
नेपालखोज
२०७८ मंसिर २२ गते १५:१६

काठमाडौं । तमिलनाडुमा आज (बुधबार) दिउँसो एक सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा भारतीय सेनाका पूर्वप्रमुख (सीडीएस) विपिन रावत तथा अन्य सैनिक अधिकारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।
दुर्घटना तमिलनाडुको निलगिरि जिल्लाको उँटीमा भन्ने ठाउँमा भएको हो । दुर्घटनामा परेकाहरूको खोजी र उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हेलिकोप्टरमा १४ जना सवार थिए । हेलिकोप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनामा मृत्यु भएका चारजनाको शव निकालिएको जनाइएको छ ।
हेलिकोप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ । दुर्घटनाको थप विवरण आउन हुन बाँकी छ ।

–
सम्बन्धित
प्रतिक्रिया