५३ अंकले घटेर सेयर बजार २४ सय विन्दुमा झर्यो

काठमाडौं । नेप्सेको ओरालो यात्रा आज पनि कायम रहेको छ । अघिल्लो दिन ३७ दशमलव १८ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज पनि ५३ दशमलव एक अंकले घटेर २४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ३४ अंकले घटेर चार सय ६४ दशमलव ७९ अंकमा झरेको छ । दुई सय २६ वटा कम्पनीको ४२ हजार नौ सय ४६ पटकको कारोबारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव १३ अंकले घटेर १६ सय ७७ दशमलव ८३ अंकमा झरेकोमा र्निजिवन बिमा समूहको सूचक पनि दुई सय ३५ दशमलव ६९ अंकले घटेर १० हजार आठ सय ८७ दशमलव तीन अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि दुई सय ९४ दशमलव ४४ अंकले घटेर १३ हजार एक सय २२ दशमलव ६३ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज स्टान्डर्ड चार्टड बैंकको प्रतिकित्ता सेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेर चार सय ५० रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५४ प्रतिशतले घटेर पाँच सय ५० रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ८२ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ८८ लाख १५ हजार नौ सय ७७ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबै भन्दा बढी हो ।
प्रतिक्रिया