सोमबार, जेठ ६, २०८२

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

नेपालखोज २०७८ मंसिर २२ गते १६:३८

काठमाडौं । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई आज (बुधबार) को संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो ।

उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एंगेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी) सँग गठवन्धन गरेकाले उहाँ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।

विदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री भएकी थिइन् । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री भएकी थिइन् ।

झण्डै १६ वर्ष जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन् ।

प्रतिक्रिया