सुनचाँदीकै मूल्य स्थिर, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ मंसिर २३ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । तेजाबी सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया