‘नेपालमा अवाञ्छित बाह्य हस्तक्षेप बढ्यो’
नेपालखोज
२०७८ मंसिर २४ गते १६:२०

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले नेपालमा अवाञ्छित बाह्य हस्तक्षेप बढेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका महासचिव मैनालीले देशमा भएको बाह्य हस्तक्षेपका कारण समस्या उत्पन्न भएको बताए ।
एमसीसीतर्फ संकेत गर्दै महासचिव मैनालीले केही अरब रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउन नहुने बताए। केही रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउँदा देश झन् ठूलो भड्खालोमा जाने उनको भनाइ छ ।
न्यायपालिकासँग भागवण्डा गरेर शासन गरिरहेको भन्दै उनले नेपालीले ल्याएको तेस्रो व्यवस्था अप्ठ्यारोमा परेको बताए ।
सम्बन्धित

प्रतिक्रिया