‘देशको अभिभारा कांग्रेस र एमालेको काँधमा’
नेपालखोज
२०७८ मंसिर २४ गते १७:१०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।
ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताउँदै यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गरे । साथै उनले कांग्रेस आगामी दिनमा अझै फैलिने र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया